बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

  ०७६ भदौ २६ गते

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा खाँडाचक्र नपा-१ मान्म बस्ने २८ वर्षीय पङ्कज शाहीविरूद्ध पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएको छ ।

पीडितलाई आरोपितले 'भलिबल खेलाडी बनाउँछु' भन्दै भदौ २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबाबु वलीयाले जानकारी दिए ।

घटनापछि आरोपित शाही फरार रहेकोले खोजी गरिरहेको डिएसपी वलीयाले बताए । घटनाका क्रममा छाती र टाउकोमा चोट लागेकी पीडितको भदौ २५ गते जिल्ला अस्पतालमा उपचार र स्वास्थ परीक्षण गरिएको प्रहरीले जनाएको छ ।


कालीबहादुर मल्ल