बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७५ असोज १५ गते

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पालुङटार नपा–९ मिरकोट स्थित चालीसे डाडाँका २० वर्षीय दिनेश परियारलाई असोज १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज ११ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीको आधारमा परियारलाई प्रहरीले गिरफ्तार गरी घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


हरिराम उप्रेती