बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ २९ गते

२८ वर्षीया महिलालाई चक्कु प्रहार गरेर बलात्कार प्रयास गरेको आरोपमा दाङ जिल्ला सतवरिया गाविस–९ का १८ वर्षीय अर्जुन वलीलाई प्रहरीले भदौ २८ गते दाङबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई भदौ २६ गते आरोपितले बलात्कार प्रयास गरेको र प्रतिकार गर्दा चक्कु प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको उजुरीमा उक्त आरोप लगाइएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण र स्वास्थ्य उपचार भदौ २७ गते भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्स्पेक्टर वीरबहादुर थापाले जानकारी दिए ।


विनोद पाण्डे