बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन १७ गते

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी नपा-१० का २९ वर्षीय इबे भनिने युवराज बोहरालाई साउन १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १५ गते प्रहरी चौकी लिकुमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।

आरोपित उपर जबरजस्ती करणी प्रयास अन्तर्गत कारबाही अगाडि बढइने तयारी भएको डिएसपी शर्माले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दुनैमा साउन १५ गते गरिएको थियो ।


विष्णुप्रसाद देवकोटा