बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन ११ गते

भारतको दार्जिलिङबाट नेपाल घुम्न आएकी ७२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–५ का ३० वर्षीय पासाङ तामाङलाई साउन ११ गते गिरफ्तार गरेको छ ।

पीडित बृद्धालाई आरोपितले साउन ६ गते समालबुङ शान्तिबजार नजिक बलात्कारको प्रयास गरी फरार रहेको अवस्थामा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज ओलीले बताए । पीडित बृद्धाको स्वास्थ्य परीक्षण सोही दिन प्राथमिक स्वास्थ्य केन्द्र फिक्क्लमा गरिएको थियो ।


कोकिला ढकाल