बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७५ असार २४ गते

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–९ का ३८ वर्षीय ज्ञानबहादुर पुनलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार २३ गते दिउँसो बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएका थिए ।

पीडितको उजुरीपछि प्रहरीले पुनलाई गिरफ्तार गरेको जनाएको छ । प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज रोमहर्ष सिलवालले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण त्रिपुरासुन्दरी मेडिकलमा असार २३ गते गरिएको छ ।


विष्णुप्रसाद देबकोटा