बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७५ जेठ ११ गते

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज मनपा-१३ राधेमाईका ५० वर्षीय शेषमन्सुर बाबुलाई प्रहरीले जेठ १० गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित मन्सुर बाबुलाई जिल्ला अदालत पर्सा नजिकबाट गिफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रेवती ढकालले जानकारी दिए ।

कानुन व्यवसायी समेत रहेका आरोपित मन्सुर बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा २०७४ पुस ९ गते जाहेरी दर्ता भएको थियो । आरोपितले २०७४ मङ्सिर १८ गते बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण नभएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहँदै आएका आरोपित मन्सुर बाबु प्रहरीको खोजीमा रहेको थिए ।


केसी लामिछाने