बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ वैशाख ३१ गते

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नगरपालिका-१२ स्याउलीका २८ वर्षीय चिजकुमार परियारविरूद्ध वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दर्ता गराएको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २९ गते बलात्कार प्रयास गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।

आरोपित परियार फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।


हरिराम उप्रेती