बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

  ०७४ फागुन ४गते

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धनगढीमाई नपा-१० का २० वर्षीय कुकुवा भन्ने विजय यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा फागुन ३ गते उजुरी दिएको छ ।

पीडित युवतीलाई आरोपितले फागुन २ गते बलात्कार प्रयास गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनायो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा फागुन ३ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपित फरार रहेकाले खोजतलास भइरहेको छ ।


दुर्गा परियार