बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७४ साउन २२ गते

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुवर्णकार गाउँपालिका-१ का ३२ वर्षीय दलबहादुर क्षेत्रीविरुद्ध प्रहरीले साउन २२ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १९ गते बलात्कार प्रयास गर्न खोज्दा महिलाले प्रतिकार गरेपछि आरोपित क्षेत्री भागेको पीडितले बताइन् । पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय ठोरीमा उजुरी दिएकी थिइन् ।

आरोपित क्षेत्रीलाई प्रहरीले साउन २० गते गिरफ्तार गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साले पठाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र सिंह गुरुङले जानकारी दिए ।


के.सी.लामिछाने