बलात्कार प्रयास घटनाका आरोपितलाई स्थानीयले प्रहरीमा बुझाए

  ०७४ वैशाख ७ गते

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाका ५० वर्षीय ससुरालाई स्थानीयले नियन्त्रणमा लिएर वैशाख ७ गते पटेर्वा सुगौली गाउँपालिका-५ रङ्गपुरमा रहेको प्रहरी चौकीमा बुझाएका छन् ।

 

२८ दिन अगाडि विवाह गरी भित्र्याइएकी पीडित महिलालाई आरोपितले झारफूक गर्ने बाहानामा बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।

 

पीडित महिलाको स्वास्थ्य परीक्षण र प्रहरीमा उजुरी दर्ता गर्ने प्रक्रिया सुरु गरिएको पीडित पक्षले जनाएको छ ।

 


के.सी.लामिछाने