बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ चैत्र ३१ गते

५३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अजिरकोट गाँउपालिका–५ का २१ वर्षीय गोविन्द गुरुङलाई गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत्र २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले  आरोपितविरुद्ध चैत्र २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आरोपितविरुद्ध चैत्र ३० गते जबरजस्तीकरणी उद्योग शीर्षकमा जिल्ला अदालतमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत्र २९ गते गोरखा अस्पतालमा भएको छ ।


हरिराम उप्रेती