बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आरोपमा विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई माघ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाका बाबुले घर बिक्री गर्ने भनेपछि दिउँसो घर हेर्न भनि पुगेका आरोपित साँझ पीडितको घर गएर हातपात गर्दैं बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २९ गते गरिएको छ ।
नेत्रप्रसाद अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २१ गते)
फागुन २१ गते १ सय २० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…