बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ २९ गते

२७ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा भीमेश्वर नपा–१ का ५६ वर्षीय हर्कबहादुर थामीलाई प्रहरीले माघ २९ गते गिरफ्तार गरेको छ ।

झारफुक गर्न भनी माघ २५ गते पीडित महिलाको घरमा गएका आरोपित थामीले बलात्कारको प्रयास गरेको भनी पीडित महिलाले माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्सेपेक्टर अन्जन कोइरालाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २६ गते प्रदेश अस्पताल चरिेकोटमा भयो ।


उद्धव पोखरेल