बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ १४ गते

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास  गरेको आरोपमा प्रहरीले  तुलसीपुर उपमनपा–६ का १९ वर्षीय नवराज जैसीलाई  माघ १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ ९ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडितपक्षले माघ ११ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण माघ १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

 


जयनारायण पुन