बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर ६ गते

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खडक नपा–७ का २८ वर्षीय मनिषकुमार चौधरीलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

ढोकाको चेनगेटको माथिको खुल्ला ठाउँबाट पीडित सुतेको कोठाभित्र राति प्रवेश गरेका आरोपितले निन्द्रामा रहेकी पीडितलाई कात्तिक २९ गते बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।

पीडितले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा कात्तिक ३० गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर ५ गते गरिएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर धर्मराज मुडभरीले आरोपितलाई गिरफ्तार गरी मङ्सिर ५ गते उजुरी दर्ता गरेको जानकारी दिनुभयो ।


मनोहरकुमार पोखरेल