बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २६ गते

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–५ का ३५ वर्षीय पदमबहादुर खडायतलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २३ गते आलिताल प्रहरी चौकिमा उजुरी दिएको थियो ।

आरोपितले विभिन्न किसमका डर त्रास देखाएर बलत्कारको प्रयास गरेकाले पीडित महिलाले प्रहरी चौकी आलितालमा असोज २३ गते राति मौखिक जानकारी दिएको र जानकारी लगत्तै प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २४ गते जोगबुढा अस्पतालमा गरिएको छ ।


भुपेन्द्र बिष्ट