बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन १८ गते

२८ वर्षीया महिलालाई साउन १६ गते बलात्कार प्रयास गरेको आरोपमा सिरहा नपा–२२ का ४० वर्षीय रामनाथ यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले सोही दिन गिरफ्तार गरेको छ ।

पीडितले आरोपित यादवविरुद्ध साउन १६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको इन्सेक प्रतिनिधिलाई फोन मार्फत बताउनु भयो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेले बताउनु भयो ।

घटनाको थप अनुसन्धानका लागि साउन १८ गते जिल्ला अदालतबाट म्याद थप्ने तैयारी भइरहेको डिएसपी घिमिरेले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १६ गते भएको थियो ।


दुर्गा परियार