बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७३ भदौ ७ गते

पूर्व-पश्चिम लोकमार्गको झलारी-वाणी खण्डमा अवस्थित जङ्गलमा ३५ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा झलारीपिपलाडी नपा-११ का २७ वर्षीय अम्मर विष्टलाई भदौ ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउमै रहेको जङ्गलमा लगेर बलात्कार प्रयास गर्न खोज्दा पीडित महिलाले प्रतिकार गरेर भागेको बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण महाकाली अञ्चल अस्पतालमा गरिएको र प्रतिकार गर्नेक्रममा घाइतेसमेत भएकिले उनको उपचारसमेत गरिएको इलाका प्रहरी कार्यालय झलारीका इन्सपेक्टर सुदाम राउलले जानकारी दिए ।


कोमलनिरञ्जन भाट