बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन १४ गते

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ खमारीका २९ वर्षीय होमबहादुर खत्रीलाई साउन १४ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १४ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन