बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज ३ गते

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई असोज २ गते गिरफ्तार गरेको छ ।

आरोपितले निसन्तान महिलालाई तन्त्रमन्त्र र झारफुक गरी सन्तान हुने बनाई दिने प्रलोभनमा आरोपितकै पुजा कोठामा भदौ २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी सन्तोष खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले पीडित महिलालाई भदौ २५ गते खीरमा अचेत हुने औषधि मिसाएर खान दिई पुजा कोठामा लगेर बलात्कारको प्रयास गरेपछि पीडित महिलाका पतिले प्रहरीमा उजुरी दिएको एसपी खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असोज २ गते गरिएको छ ।


नेत्रप्रसाद अधिकारी