बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १४ गते

२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा–३ जमुनीका ३७ वर्षीय विपद पासीलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७४ साउन २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले  ०७४ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दिएको र आरोपित घटना पश्चात फरार रहेको जिल्ला प्रहरी कार्यालयका सई प्रमोद बोहराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

जिल्ला अदालतले ०७५ असोज ४ गते आारोपितलाई  २ वर्ष ६ महिना ४ दिन कैद सजायको फैसला सुनाएको प्रहरीले जनायो ।

पीडितको  स्वास्थ्य परीक्षण ०७४ साल असार २३ गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको थियो ।


पार्वती आचार्य