बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १३ गते

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला हरिवन नगरपालिका–५ का ३५ वर्षीय सुनिल महतोलाई असार १२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार १२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले आरोपितविरूद्ध सोहि दिन इलाका प्रहरी कार्यालय उर्लावारीमा दिएको उजुरीका आधारमा गिरफ्तार गरेको इन्स्पेक्टर सुवास राइले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अस्पातालमा असार १२ गते गरिएको छ ।


नेत्रप्रसाद अधिकारी