बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ २६ गते

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सबैला नपा–१२ रघुनाथपुर निवासी ३० वर्षीय स्वास्थ्यकर्मी श्रवण साहलाई भदौ २४ गते गिरफ्तार गरेको छ ।

सबैला नपा–१२ रघुनाथपुर बजारमा आरोपित साहले सञ्चालन गर्दै आएको क्लिनिकमा भदौ २२ गते उपचार गर्न गएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा स्वास्थ्यकर्मी साहलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार बस्नेतले इन्सेक धनुषा प्रतिनिधिलाई भदौ २६ गते जानकारी दिनु भएको छ ।

पीडित महिलासँग आएकी कुरुवा उनकी जेठानीलाई घर जान भन्दै आफूले मोटरसाइकलमा घर पुर्‍याइदिने चिकित्सकले भनेपछि जेठानी घर गएकको पीडित महिलाले बताइन् ।

मोटरसाइकलमा घर पुर्‍याउन कमला नहरको बाटोबाट जाँदै गर्दा सुनसान चौरमा मोटरसाइकल रोकेर साहले बलात्कार गर्ने प्रयास गरेपछि प्रतिकार गरी भाग्दै गर्दा स्थानीयले बचाउ गरेको पीडित महिलाले बताइन् ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ २३ गते उजुरी दर्ता गराएकी छिन् । सोही दिन प्रादेशिक अस्पताल जनकपुरमा पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।


दिपेन्द्रप्रसाद सिंह