बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २८ गते

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का २२ वर्षीय हैदर मियालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले जेठ २७ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले जेठ २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ २७ गते उजुरी दिनु भएको थियो ।
घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको लागि जेठ २८ गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २७ गते भएको छ ।


दुर्गा परियार