बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २८ गते

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–५ का २४ वर्षीय हेमराज केसीलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडित जेठ २६ गते राती पसलबाट फर्किदै गर्दा आरोपितले बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडितले जेठ २७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिनु भएको थियो । उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण जेठ २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन