बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २३ गते

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–११ का २३ वर्षीय गान्धिकुमार साहलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

आरोपित साहले जेठ १० गते बलात्कार प्रयास गरेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ११ गते उजुरी दिनु भएको थियो ।

पीडितको उजुरीको आधारमा आरोपित साहलाई गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २१ गते भएको छ ।


दुर्गा परियार