बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७७ साउन ३१ गते

३० वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा धनुषाको सबैला नपा–१२ उत्तीमपुर बस्ने ५० वर्षीय वौएलाल माझीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा साउन २९ गते उजुरी दर्ता भएको छ ।

साउन २७ गते राति १० बजे आरोपित माझीले बलात्कार प्रयास गरेको पीडित महिलाको आरोप छ ।

पीडित महिलाका अनुसार आरोपित माझीले ०७६ सालको माघ महिनादेखि नै मोबाइलमा फोन गरी अश्लिल शब्द प्रयोग गर्दै आफुसँगै सुत्न दबाब दिँदै आएको पीडित महिलाले आरोप लगाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटका इन्स्पेक्टर अवधेश यादवले साउन २९ गते महिला घटनाबारे उजुरी लिएर आएपछि दर्ता गरिएको बताउनु भएको छ ।

आरोपितलाई गिरफ्तार गर्न इलाका प्रहरी कार्यालय सबैलालाई परिपत्र गरिएको इन्स्पेक्टर यादवले बताउनु भयो ।
आरोपित हालसम्म फरार रहेकाले खोजी कार्य भई रहेको इन्स्पेक्टर यादवले बताउनु भयो ।

पीडित महिलाको साउन २९ गते प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको छ ।


दिपेन्द्रप्रसाद सिंह