बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १९ गते

२६ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका –८ का २५ वर्षीय प्रकाश दनुवारलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १७ बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी वीरबहादुर मगरले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ १८ गते गरिएको छ ।


भरत खड्का