बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक १९ गते

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रियुगा नपा-५ भातिखर्कका ३० वर्षीय दिपक भनिने वमबहादुर खड्कालाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई कात्तिक १५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कात्तिक १६ गते प्रहरीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १६ गते जिल्ला अस्पतालमा गरिएको पनि डिएसपी रानाले बताएका छन् ।


भरत खड्का