बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ३० गते

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा–५ का ३७ वर्षीय लक्ष्मण भण्डारीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २९ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन दिएको उजुरीका आधारमा भण्डारीलाई गिरफतार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ३० गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको छ ।


दुर्गा थापा