बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

  ०७६ कात्तिक २२ गते

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित परिवारले लक्ष्ममीपुर पतारी गाउँपालिका–३ का ३० वर्षीय रामउदगार दासविरूद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कात्तिक २१ गते उजुरी दिएका छन् । पीडित महिलालाई कात्तिक २१ गते आरोपितले बलात्कारको प्रयास गरेको आरोप छ ।

आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक २१ गते भएको प्रहरीले जनाएको छ ।


दुर्गा परियार