बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २० गते

१९ वर्षीया युवतीलाइ बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले शारदा नपा–१२ डाँग्रीका २१ वर्षीय दिनेश चलाउनेलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक १८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका इन्स्पेक्टर उमाकान्त जोशीले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १९ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी