बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक १८ गते

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–७ बाहुनीका २२ वर्षीय वीरेन्द्र राउतलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएलगत्तै अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा कात्तिक १८ गते गर्ने तयारी गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।


इन्दिरा भट्टराई