बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक ४ गते

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रुकुम जिल्ला चौरजहारी नगरपालिका–७ का ३० वर्षीय मनवीर सुनारलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २५ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा उजुरी दिएको थियो ।

घटनापछि आरोपित भागेर नेपाल आएको थाहा पाएपछि पीडित महिलाका परिवारले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते नेपाल आएपछि गरिने प्रहरीले जनाएको छ ।


मिना बुढाथोकी