बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ भदौ ४ गते

६० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–६ का २२ वर्षीय दीपक जोगीलाई भदौ २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले भदौ १ गते बलात्कार प्रयास गरेपछि आफूले थाहा पाएर प्रहरीमा बुझाएको पीडितका छोराले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कोशी अञ्चल अस्पतालमा भदौ ३ गते गरिएको प्रहरी चौकी गछियाका सई तुलसीप्रसाद निरौलाले बताए ।

आरोपितमाथि थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलवारीमा बुझाइएको सई निरौलाको भनाई छ ।


इन्दिरा भट्टराई