बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ असार १५ गते

६२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–१ का ३६ वर्षीय गङ्गबहादुर बुढाथोकीलाई असार १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १५ गते गरिएको छ ।


भगिश्वर लिम्बू