बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७६ जेठ ५ गते

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कैलारी गाउँपालिका–८ का २३ वर्षीय मनिश चौधरीलाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७५ फगुन १८ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले फगुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन १९ गते सेती अञ्चल अस्पतालमा गरिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई ०७६ जेठ ३ गते धनगढी उपमहानगरपालिका–७ मनेहरा शिविरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताए । यस बिचमा उनी फरार रहेका थिए ।


मैनामोती चौधरी