बलात्कार प्रयास घटनका आरोपित गिरफ्तार

  ०७७ असोज २९ गते

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका– २ इटहरवाका ३७ वर्षीय भरत मण्डललाई असोज २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २० गते बलात्कार प्रयास गरेकाले न्यायका लागि जुरी दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताइन् ।

आरोपित मण्डलविरुद्ध पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा असोज २६ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज २६ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल