बलात्कार प्रयास गरेको भन्दै देवरविरूद्ध प्रहरीमा उजुरी

  ०७५ वैशाख २१ गते

२४ वर्षीया महिलालाई देवर नाता पर्ने २० वर्षीय युवकले बलात्कार प्रयास गरेको आरोपमा वैशाख २० गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएकी छन् ।

पीडित महिलालाई आरोपितले वैशाख ७ गते बलात्कार प्रयास गरेको र आफूले प्रतिकार गर्दा होहल्ला भएपछि घटनास्थलबाट भागेको पीडितले आरोप लगाएकी छन् ।

घटनापछि लुकीछिपी बस्दै आएका आरोपित पीडितको माइतीघरमा गएर बसेको थाहा पाएपछि प्रहरीलाई जानकारी दिएको उनले बताएकी छन् ।

आरोपतिलाई वैशाख १९ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इञ्चार्ज लक्ष्मण डाँगीले जानकारी दिएका छन् ।


मिना बुढाथोकी