बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

  ०७७ चैत ३ गते

७८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको बागलुङ जिल्ला अदालतका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले इन्सेक  प्रतिनिधिलाई बताउनुभयो ।

पीडितलाई आरोपितले ०७६ भदौ २ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध ०७६ भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७६ भदौ ४ गते गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत ०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्तीकरणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।


सिर्जना पन्त