बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला
२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४८ वर्षीय लिलाप्रसाद पौडेललाई जिल्ला अदालतले मङसिर ३० गते चार वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
न्यायाधीश केशव अधिकारीको इजलासले बौद्धिक अपाङ्गता भएकी महिलालाई ०७७ जेठ २४ गते बलात्कार प्रयास गरेको कसुरमा उक्त फैसला गरेको हो ।
पीडितका बुबाले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा बलात्कारको आरोपमा पौडेलविरुद्ध उजुरी दिनुभएको थियो । आरोपित पौडेललाई जेठ २५ गते प्रहरीले गिरफ्तार गरी अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २५ गते भरतपुर अस्पतालमा गरिएको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…