बलात्कार प्रयास गरेको कसुरमा पाँच वर्ष कैद सजायको फैसला

  ०७७ असोज ३० गते

१७ वर्षीया बालिकालाई ०७६ मङ्सिर १० गते बलात्कार प्रयास गरेको कसुरमा धनगढी उपमहानगरपालिका—१२ का ३९ वर्षीय हेमन्तराज जोशीलाई असोज २९ गते पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायधीश बाबुकाजी बानियाको इजलासले आरोपित जोशीलाई पाँच वर्ष कैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले इन्सेक  प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७६ मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यलय, कैलालीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई मङ्सिर ११ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत, कैलालीको ०७६ पुस ७ गतेको आदेश अनुसार आरोपितलाई पुर्पक्षका लागि जिल्ला कारागार, कैलालीमा थुनामा राखिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७६ मङ्सिर १० गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।


मैनामोती चौधरी