बलात्कार प्रयास गरेको कसुरमा साढे तीन वर्ष कैद सजायको फैसला

  ०७६ माघ २२ गते

५५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको कसुरमा सानीभेरी गाउँपालिका –६ का २७ वर्षीय प्रकाश पुन मगरलाई रुकुम जिल्ला अदालतले साढे तीन वर्ष कैद सजाय र १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । न्यायाधीश विद्याराज पौडेलको इजलासले माघ २२ गते उक्त सजाय सुनाएको हो ।

पुनलाई साढे तीनवर्ष कैद सजायका साथै पीडित महिलालाई १० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश समेत दिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनुभयो ।

पीडित महिलाले आफूलाई ०७५ असोज ३ गते पुनले बलात्कार प्रयास गरेको भन्दै ०७५ असोज १० गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा उजुरी दिनुभएको थियो ।

पीडित महिलाको असोज १० गते जिल्ला अस्पताल सल्लेमा स्वास्थ्य परीक्षण गरिएको थियो । पुनलाई रुकुम जिल्ला अदालतले असोज २३ गते पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो ।


मनिषा केसी