बलात्कार प्रयास गरेको कसुरमा तीनवर्ष कैद सजायको फैसला

  ०७६ असोज ९ गते

६५ वर्षीया बृद्धालाई बलात्कारको प्रयास गरेको कसुरमा जिल्ला अदालत, स्याङ्जाले भीरकोट नपा–१ का २७ वर्षीय सुन्दर खत्रीलाई असोज ८ गते तीन वर्ष कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश बलराम त्रिपाठीको इजलासले आरोपित खत्रीलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार नन्दप्रसाद अचार्यले जानकारी दिए ।

पीडित बृद्धालाई खत्रीले ०७५ असार १५ गते बलात्कार प्रयास गरेको भन्दै पीडितका आफन्तले असार १६ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले खत्रीलाई असार १६ गते नै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ परीक्षण असार १६ गते नै वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमाा गरिएको प्रहरीले जनाएको छ ।


हिमलाल पराजुली