बलात्कार प्रयास गरेको कसुरमा तीन वर्षको कैद फैसला

  ०७५ जेठ २१ गते

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-७ का २८ वर्षीय देवेन्द्रप्रसाद चापागार्इंलाई जिल्ला अदालतले जेठ २१ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश राउतको इजलासले सो फैसला गरेको श्रेस्तेदार राजन बास्तोलाले बताए । मदजुरीको सिलसिलामा मकालु गाउँपालिकामा बस्दै आएका चापागाईंले ०७४ चैत ३० गते बलात्कारको प्रयास गरेको भन्दै पीडितले ०७५ वैशाख १ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १ गते जिल्ला अस्पताल खाँदबारीमा गरिएको थियो ।


बाबुराम बास्तोला