यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा साँफेबगर नपा–४ का २२ वर्षीय मदन वादीलाई जिल्ला अदातलत,अछामले १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले फागुन १२ गते कैद सजायसहित १० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको हो ।
आरोपित वादीलाई जिल्ला अदालतको ०७६ साउन ७ गतेको आदेश अनुसार पुर्पक्षका लागि कारागार पठाएकोमा आरोपितले कसुर गरेको ठहर भएपछि फागुन १२ गते कैद भुक्तान गर्न कारागार चलान गरिएको न्यायाधीस जोशीले बताउनु भयो ।
०७६ असार १५ गते बालिकाको मुख छोपेर यौन दुर्व्यवहार गरेको आरोपमा आफन्तले इलाका प्रहरी कार्यालय,साँफेबगरमा वादीका विरूद्व उजुरी दिएपछि सोही दिन प्रहरीले गिरफ्तार गरेको थियो ।
बालिकाको असार १५ गते जिल्ला अस्पताल, मंगलसेनमा स्वास्थ्य परीक्षण भएको थियो ।
शिवराज ढुंगाना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको ओरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले भारत बिहारको चम्पारण पलनवा ग्राम पञ्चायत लौकरीया-५ घर भई बीरगंज महानगरपालिका–२ मा डेरा गरी बस्ने ३६ वर्षीय नेहाल मियाँलाई माघ…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)
माघ ११ गते २ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बन्चरो प्रहार गरी पत्नीको हत्या
हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीकी ३६ वर्षीया राममाया घलानको पति ४० वर्षीय शेरबहादुर बुजुले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पत्नी राममायालाई माघ ९ गते राती ११…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १० गते प्रहरीले मन्थली नपा-१० स्थित घरबाट गिरफ्तार गरेको छ ।…
प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप
इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक…