बलात्कार प्रयास कसुरमा चार वर्ष कैद सजाय फैसला

  ०७६ कात्तिक २२ गते

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कटारी नगरपालिका–५ का २८ वर्षीय राजेन्द्र सार्कीलाई अदालतले कात्तिक २१ गते चार वर्ष कैद सजाय र पीडितले पाउने गरी २० हजार रुपियाँ क्षतिपूर्ति भराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश मनोज केसीको इजलासले कसुर ठहर फैसला सुनाएको हो । कसुरदारले ०७६ साउन १७ गते बलात्कार प्रयास गरेको आरोप पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएका थिए ।

साउन १८ गते गिरफ्तारीमा परेको आरोपित जिल्लाको अदालतको भदौ २१ को आदेशले पुर्पक्षका लागि थुनामा थिए । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका साउन १८ गते गरिएको थियो ।


भरत खड्का