बलात्कार प्रयासको घटनामा बयान बदलेको आरोपमा पाँच हजार रुपियाँ जरिबाना
१८ वर्षीया किशोरीले बलात्कार प्रयास भएको भन्दै प्रहरीमार्फत अदालत पु¥याएको एक घटनामा बयान बदलेको आरोपमा जिल्ला अदालत रुकुम (पश्चिम) ले निवेदक उपर पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले माघ १६ गते उक्त फैसला सुनाएको हो । अदालतले बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ स्थायी घर भएका २८ वर्षीय आशाराम चौधरीलाई सफाई दिँदै निवेदकमाथि जरिबानाको फैसला सुनाएको हो ।
विवाह गर्ने प्रलोभनमा पारी ललाई फकाई ०७६ भदौ ४ गते म्याग्दी लगेर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले ०७६ भदौ ३० गते जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) मा उजुरी दिएका थिए ।
आरोपतिलाई मौखिक उजुरीको आधारमा म्याग्दी प्रहरीको सहयोगमा भदौ २५ गते गिरफ्तार गरिएको थियो । ०७६ असोज ८ गते अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतमा बयान फेरेर आफूलाई केही नगरेको, पीडितले आफू आशाराम थारुसँगै विवाह गर्ने, आशाराम थारु आफ्नो लागि उपयुक्त मान्छे भएको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिबानासहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनुभयो ।
किशोरीको स्वास्थ्य परीक्षण भदौ २७ गते जिल्ला अस्पताल रुकुम (पश्चिम) मा भएको थियो ।
मनिषा के सी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…