बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ जेठ १४ गते

१५ वर्षीया बालिकालाई  बलात्कार प्रयास गरेको आरोपमा  पीडित पक्षले जेठ १४ गते महाराजगञ्ज नपा– २ उनवलियाका ३५ वर्षीय  गोरखनाथ लोहार विरूद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका छन् ।

पीडितलाई  जेठ १३ गते आरोपितले बलात्कारको प्रयास गरेको पीडित परिवारले जनाएको छ ।   पिडीत परिवारको उजुरीको आधारमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय, चन्द्रौटाका इन्स्पेक्टर दिपेश खरेलले बतउनु भयो । खरेलले आरोपित फरार रहेकोले  खोजी कार्य भइहेको बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण जेठ  १३ गते शिवराज अस्पताल बहादुरगञ्जमा गरिएको प्रहरीले जनायो ।


पार्वती आचार्य